logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • जीवन विकासलाई फिलिपिन्समा अवार्ड

    जीवन विकासलाई फिलिपिन्समा अवार्ड

    871
    SHARES
    जीवन विकासलाई फिलिपिन्समा अवार्ड

    काठमाण्डाै । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्री जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरू मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।



    यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।

     

    जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अति विपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् । थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए ।

    सो अवार्ड ग्रहणका लागि संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी उपस्थित भएका थिए ।


    अर्थ चौतारी
  • सोमबार, १८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved