logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेप्से १६.२९ अंकले वृद्धि, करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार

    नेप्से १६.२९ अंकले वृद्धि, करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार

    286
    SHARES
    नेप्से १६.२९ अंकले वृद्धि, करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार

    काठमाण्डाै । साताको दोस्रो कारोबार दिन सोमबार बजार दोहोरा अंकले बढेको छ । यो दिन नेप्से १६.२९ अंकले बढेर २ हजार ५३.२८ विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०१ प्रतिशतले बढेर ३६१.७७ विन्दुमा बन्द भएको छ । यो दिन ७१लाख ६५ हजार ७३५ पटकको कारोबारमा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।



    अघिल्लो कारोबार दिन आइतबार बजार १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दिन कारोबार भएका ३२३ वटा कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयरमूल्य घटेको छ ।त्यस्तै ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यो दिन बजार बढेको छ भने कारोबार घटेको छ ।

    यो दिन पनि शिर्ष कारोबार नेपाल फाइनान्सको छ । उक्त कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चरको करिब ११ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै यूनाइटेड ईदीमर्दी हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।यसैगरी, दोर्दी हाइड्रोपावरको ७ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    यो दिन सबैभन्दा बढी अर्थात् हिमालय ऊर्जा विकास कम्पनीको शेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ ।त्यस्तै,दोर्दी हाइड्रोपावरकाको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्टको शेयर मूल्य पनि ७.५२ प्रतिशतले बढेको छ ।त्यस्तै हिमालयन बैंकको बन्ड र सानिमा बैंकको ऋणपत्रको इकाई मूल्य पनि ७ प्रतिशतदेखि ८.४७ प्रतिशतसम्म बढेको छ ।

    यस्तै यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसैगरी,मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८.४४ प्रतिशतले घटेको छ ।त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.९७ प्रतिशतले घटेको छ ।

    नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये यो दिन वित्त र उत्पादन तथा प्रोसेसिङ उपसमूहको परिसूचक घटेको छ भने अरु सबै उपसमूहको परिसूचक बढेको छ। यो दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.३१ प्रतिशतले बढेको छ।


    अर्थ चौतारी
  • सोमबार, १८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved