काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँ हकप्रद बिक्री खुला गर्न लागेको जनाएको हो ।
कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । यस सेयरमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times