साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा

images

काठमाण्डाै । डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टीएमएस लाइभ जाने तयारी गरेको छ । यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सी पछि अन्नतः लगानीकर्ताहरुले नयाँ टीएमएस चलाउन पाउने निश्चित भएको छ । डीजी हबका सञ्चालक तथा नयाँ टीएसएका नेतृत्व गरिरहेका राजन घिमिरेले आगामी साउनदेखि नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिएका हुन् ।

 

images

उनका अनुसार अहिले नेप्से र ब्रोकरहरुमा डेमो कारोबार भइरहेको छ । खासगरी सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट काम भइरहेको छ । ‘साउन १ गतेदेखि नै हरेक दिन एक एक ब्रोकर थप गरेर लाइभ जाने छौ । हामीसँग अहिले नयाँ तथा पुराना गरी ३६ वटा ब्रोकर कम्पनी जोडिएका छन् ।’ उनले भने-‘नयाँ टीएसमएसमा धेरै नयाँ फिचरहरु रहेका छन् । जसमा मोबाइल एपबाट नै सेयर किनबेच गर्न सकिनेछ ।’

 

नयाँ टिएमएसको डेक्सटप भर्जन पनि एड्भान्स रहेको उनले जानकारी दिए । बजारमा कारोबार हुँदा नै स्टकहरुको मूभमेन्टदेखि नेप्सेको चार्ट पनि हेर्न सकिने सुविधा समेत उपलब्ध छ । अब लगानीकर्ताहरुले नेप्सेको चार्ट हेर्न छुट्टै पोर्टलमा जानुपर्ने छैन । एकैपटक मल्टिपल विण्डो पनि खोल्न सकिनेछ । यसको साथै ब्रोकरहरुले टीएमएसबाट नै ब्राण्डिङ पनि गर्नसक्ने छन् । आफ्ना ग्रहाकहरुसँग टीएमएसबाट नै कुराकानी पनि गर्नसक्ने छन् ।

 

घिमिरेले सीडीएसीसँग समन्वय गरेर क्लोजआउटको समस्या पनि कम गर्ने गरी सेटअप तयार गर्ने काम भइरहेको बताए । अहिले चलिरहेको टीएमएसमा बग्रेल्ती समस्या र लगानीकर्ताको असन्तुष्टि देखिएपछि ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । २०७७ साल माघ महिनामा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले एपीआई पोलिसी पास गरेर नयाँ टीएमएस ल्याउने ढोका खोलिदिएका थिए । प्रक्रिया सुरु भएको ४ वर्ष पूरा भएपछि मात्र नयाँ टिएमएस आउने निश्चित भएको हो ।

images