logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ५६ करोडको कारोबार

    सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ५६ करोडको कारोबार

    0
    SHARES
    सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ५६ करोडको कारोबार

    काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १३६ को विन्दुमा अडिएको छ । यस दिन ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    सोमबार ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

    यस दिन सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँ र सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय सस्था लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले कमाएका छन् । यस्तै एनआईसी एशिया बैंक डिबेञ्चरका सेयरधनीले ६.०१ प्रतिशत, दोर्दी जलविद्युतका सेयरधनीले ५.०३ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका सेयरधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् ।

    यस दिन सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • सोमबार, २५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट