logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

    बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

    117
    SHARES
    बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

    काठमाण्डौ । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ ।

    बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ ।

    त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

    मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट