logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत

    ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत

    351
    SHARES
    ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत

    काठमाण्डौ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०‍.४ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । आ.व.२०८१/८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो । यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलन: ९८.५ प्रतिशत रहेको महानगरपालिकाको भनाई छ ।

    महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो । यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ ।

     

    प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको जानकारी दिइन् । सिमाङ्कन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको श्रेष्ठको भनाई छ । त्यस्तै महानगरले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन एवम् पार्क निर्माणमा प्राथमिकता राखेको उनले बताइन् ।

    यता सप्तपाताल पोखरी, पलेस्वा पुखु लगायतका आयोजनाहरू द्रुतगतिले प्रगति भइरहेको तथा चक्रपथ धोबीघाटमा अपाङ्गतामैत्री आकाशेपुल निर्माण (साइकल राम्प सहितको आकाशे पुल) भइरहेको महानगरेको भनाई छ । नख्खु खोलामा निर्माण भइरहेका तीनवटा पुलमध्ये एउटा पुलको निर्माण सम्पन्न भई समुद्घाटन भइसकेको महानगरले जानकारी दिएको छ ।

    हरिसिद्धि र धापाखेलका बासिन्दालाई आवतजावतमा सहजताका लागि कर्मनाशा नदीमा पुल निर्माण गरिने तथा अपाङ्गतामैत्री फुटपाथ, ट्रान्सपरेन्ट ग्रीन फेन्स, स्मार्ट स्ट्रिट लाइट, हाई मास्ट र सीसीटिभी जडानलाई निरन्तरता दिने महानगरको भनाई छ ।

    l

    2

    3


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट