सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापना, एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने

images

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो सबै प्रदेशको कार्यालयस्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको बैंकले जनाएको छ ।

images

यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । आज बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरे ।

images