काठमाण्डाै । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकहरु आफ्नै समस्यामा रहेपनि समग्र निजी क्षेत्रकै सुधारका लागि राष्ट्र बैंकसँग लविङ गरिरहेको बताए । ‘हामी बैंकिङ क्षेत्र पनि निजी क्षेत्रसँगसँगै छौँ । निजी क्षेत्रको सुधार विना बैंकिङ क्षेत्र अघि बढ्न सक्दैन । त्यसैले हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको सुधार नै हो, हामीले मौद्रिक नीतिमा यो क्षेत्रको सुधारका लागि निरन्तर सुझाव दिइरहेका छौँ’, उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको आत्मबल बढ्नेगरी तयारी गरिरहेको बताउँदै अप्ठेराहरु आगामी मौद्रिक नीतिले चिर्ने आश्वास दिए । कार्यक्रममा अन्तरदेशिय भुक्तानी साधन गेटवेको सन्दर्भमा प्रसङ्ग उठेको प्रति जवाफ दिँदै गभर्नर अधिकारीले सरकारी तवरबाटै अन्तरबोर्डर पेमेन्टको सहजिकरणका लागि विभिन्न देशसँग सम्झौता गरिएको र भुक्तानी सेवाको सुरुवात नै भइसकेको उनले बताए ।
चालु पुँजी कर्जाको सन्दर्भमा ३ करोड रुपैयाँको कर्जाका लागि सहजीकरण गरेको बताउँदै गभर्नर अधिकारीले दुबिधामा नपर्ने व्यवसायीहरूलाई आग्रह गरे । यसैगरी सहुलियतपूर्ण कर्जाका लागि राष्ट्र बैंकले लगातार जोड दिइरहेको बताउँदै गभर्नर अधिकारीले सरकारबाटै अनुदान रकम पाउन कठिन भइरहेको बताए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times