काठमाण्डौ । अक्र्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको छ । चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माण कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीका विद्युतीय भ्यानको १४ वटा सिट क्षमता रहेका छन् । जसको बिक्री मूल्य ५७ लाख रुपैयाँ तोकिएका कम्पनीले जनाएको छ ।
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक गरिएका छन् । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्न सक्ने यस भ्यानमा ८० किलोवाट पिक पावरको मोटर समेत जडान गरिएको कम्पनीको भनाइ छ ।
हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित यी भ्यानहरु उपलब्ध गराउने भएको हो ।
यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपको दाबी छ ।
यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ । साथै विद्युतबाट सञ्चालन हुने भएकाले यी भ्यानहरू पर्यावरणमैत्री र सञ्चालन खर्चमा पनि कमी आउने कम्पनीको दाबी छ ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times