logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • २० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

    २० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

    442
    SHARES
    २० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

    काठमाण्डौ । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ। यो योजनाको फाइदा नेपालभरका सबै सिट्रोन शोरुममार्फत लिन सकिने कम्पनीले जनाएको छ।



    यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने कम्पनीको भनाइ छ। यसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागि ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ। बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा ७ वर्षसम्म ईएमआई (किस्ता) गर्न सकिनेछ।

    इलेक्ट्रिक कारको वर्चस्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन्।सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो।

     

    फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सी३मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ, ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ। फ्रन्ट-ह्विल ड्राइभ प्रणालीले सुसज्जित यो गाडीले १४० किमि/ घण्टाको टप स्पिडमा पुग्न सक्छ र १९ किमि/ लिटरको प्रभावशाली माइलेज दिन्छ। आराम र सुरक्षाको लागि डिजाइन गरिएको, सिट्रोन सी३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, ईबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन् भने १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ।


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved