logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • पेप्सी बिक्रेता वरुण बेभरेजको साढे ८ महिने आम्दानी ४ अर्ब ८० करोड

    पेप्सी बिक्रेता वरुण बेभरेजको साढे ८ महिने आम्दानी ४ अर्ब ८० करोड

    143
    SHARES
    पेप्सी बिक्रेता वरुण बेभरेजको साढे ८ महिने आम्दानी ४ अर्ब ८० करोड

    काठमाण्डौ । पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डालगायतका पेयपदार्थ बिक्रेता वरुण बेभरेजले चालू आर्थिक वर्षको साढे ८ महिनामा ४ अर्ब ८० करोड ४० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। कम्पनीले अघिल्ला तीन वर्षमा क्रमशः ७ अर्ब ६२ करोड ७० लाख (२०२३), ८ अर्ब २ करोड ४० लाख (२०२२) र ६ अर्ब ५४ करोड २० लाख (२०२१) रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    यो कम्पनी वरुण बेभरेज लिमिटेड इन्डियाको शतप्रतिशत सब्सिडरी कम्पनी हो। नेपालमा कम्पनी पेप्सिकोको आधिकारिक बोटलर्स रहेको छ। काठमाडौंको पेप्सीकोला र नवलपरासीमा कम्पनीका उत्पादन कारखाना रहेका छन्।

     

    बढ्दो कर दायित्वका बाबजुद पनि कम्पनीको स्वस्थ र स्थिर व्यवसाय, कम ऋण र पर्याप्त नगद वृद्धिले कम्पनीलाई मद्दत मिलेको छ। कम्पनीले भर्खरै मात्र नवलपरासीमा पूरै स्वपुँजीमा प्लान्ट विस्तार गरेको छ। यद्यपि चिनीलगायतका मुख्य कच्चापदार्थको मूल्यले भने नाफा क्षमतामा असर गरिरहेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved