logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

    पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

    169
    SHARES
    पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

    काठमाण्डौ । नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) गजुरी, धादिडले पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति ५ घण्टा बन्द हुने सूचना जारी गरेको छ।

    पृथ्वी राजमार्गअन्तर्गत नौबिसे -मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको मर्मत गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले ५ घण्टा बन्द गर्नुपरेको सूचनामा उल्लेख छ।

    असार २६ देखि साउन ९ गतेसम्म हरेक राति बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरूलाई पूर्णरूपमा रोकिने सूचनामा लेखिएको छ।

     

    एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र चल्न पाउने भनिएको छ। सम्पूर्ण सवारी चालकहरूले आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्नसमेत सूचित गरिएको छ। वैकल्पिक मार्गको रूपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने पनि सूचनामा उल्लेख छ।


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved