कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागी लागी १ अर्ब १० करोड ६६ लाख ११ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले पुँजीगत तर्फ ४० करोड २६ लाख ४० हजार बजेट विनियोजन गरेको छ भने चालु तर्फ ७० करोड ३९ लाख १ हजार विनियोजन गरेको छ ।
ढिला गरी प्रस्तुत भएको नगरपालिकाको १३ औँ नगर सभाको दोस्रो बैठकमा लम्कीचुहा नगरपालिका उप प्रमुख जुना चौधरीले उक्त बजेट मंगलबार प्रस्तुत गरेकी थिइन् । नगर सभाको उक्त बैठकले सर्व सहमतिले पारित गरेको हो । कार्यपालिकामा भएका ५५ जना नगर सभाका सदस्यहरूको सर्व सहमतिमा बजेट पारित भएको हो । जेठ अन्तिममा नगर प्रमुख सुशीला शाही डेनमार्क भ्रमणमा भएकाले आज बजेट प्रस्तुत भएको थियो ।
साथै नगरपालिकाले ३ जना कर्मचारीहरूलाई सम्मान गरेको छ। तिन वटा विधामा उत्कृष्ट भएका कर्मचारीहरूलाई १३ औँ नगर सभाको अवसरमा नगर प्रमुख सुशीला शाही, उप प्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीले सम्मान गरेका हुन । सम्मानित हुने कर्मचारीहरूमा स्वास्थ्य शाखा प्रमुख सी अहे व छैटौँ तहका कर्मचारी जयन्ती बिसी, शिक्षा शाखामा कार्यरत सहायक चौथो तहका कर्मचारी जोती चौधरी र स्टोर शाखामा कार्यरत मुखिया लिल बहादुर खत्री रहेका छन् ।