logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • हकप्रद सेयर निष्कासन गर्न प्रभु इन्स्योरेन्स माग्यो सेबोनसँग अनुमति

    हकप्रद सेयर निष्कासन गर्न प्रभु इन्स्योरेन्स माग्यो सेबोनसँग अनुमति

    637
    SHARES
    हकप्रद सेयर निष्कासन गर्न प्रभु इन्स्योरेन्स माग्यो सेबोनसँग अनुमति

    काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि गत असार १९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको छ ।

    हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ । हाल हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved