logo

२०८२ जेष्ठ ८ बुधबार

logo
  • बुधबार, ८ जेष्ठ २०८२
  • साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम बोनसदर ७० रुपैयाँसम्म निर्धारण

    साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम बोनसदर ७० रुपैयाँसम्म निर्धारण

    299
    SHARES
    साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम बोनसदर ७० रुपैयाँसम्म निर्धारण

    काठमाण्डौ । साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन तथा बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो ।



    कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो । कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ ।

     

    सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । त्यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा बीमितलाई बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

    त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना) मा कम्पनीले बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved