logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा, चालू खाता पनि २ खर्बमाथि बचत

    मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा, चालू खाता पनि २ खर्बमाथि बचत

    117
    SHARES
    मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा, चालू खाता पनि २ खर्बमाथि बचत

    काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (शोधनान्तर) स्थिति ४ खर्ब २५ अर्ब बचतमा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा रेमिटेन्स आयातसँगै आयात घट्न पुग्दा मुलुकको शोधनान्तरमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

    यस्तै समीक्षा अवधिमा चालु खाता २ अर्ब ३९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट