logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा

    ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा

    221
    SHARES
    ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो ।

     

    तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।

     

    यस्तै दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट