logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • बढ्यो चीनतर्फको आयात–निर्यात

    बढ्यो चीनतर्फको आयात–निर्यात

    195
    SHARES
    बढ्यो चीनतर्फको आयात–निर्यात

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको हो ।

    तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशलते घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४.५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको छ ।

    यस्तैअन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतको गिरावट आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायत वस्तुको निर्यात बढ्दा पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, चया लगायत वस्तुको निर्यात घटेको छ ।

    यस अवधिमा आयातमा समेत गिरावट आएको छ । यो अवधिमा १.८ प्रतिशतले अर्थात १४ खर्ब ५३ अर्ब रुपैयाँले आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतको गिरावट आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ३४.८ प्रतिशतले बढेको छ ।

    अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशा, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयस पार्टपुर्जा, लत्ताकपडा लगायत वस्तुको आयात बढेको छ भने कच्चा तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायत वस्तुको आयात घटेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved