logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • आजदेखि तीन दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने, ४३ जिल्लामा उच्च जोखिम

    आजदेखि तीन दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने, ४३ जिल्लामा उच्च जोखिम

    169
    SHARES
    आजदेखि तीन दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने, ४३ जिल्लामा उच्च जोखिम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ।

     

     

    महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

     

    यस्तै, आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले हिजो बेलुका मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।

     

    आजदेखि तीन दिनसम्म कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै ठाउँमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच, गएराति बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पोखराको लाम्पाटनमा १ सय ३८ मिलिमिटर पानी परेको छ ।

     

     

     

    यस्तै, लमजुङ, पर्वत, तनहुँ, चितवन, गोरखा, नवलपुर, रुपन्देही, दाङ, गुल्मी, पाल्पा, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परेको छ । अहिले झापाको विरिङ खोला सतर्कता आसपास रहेकोले स्थानीयलाई सचेत हुन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

     

    शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो। जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउन स्थानीयहरुलाई आग्रह गरिएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट