logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • बढी मूल्य लिएर नुन बेच्ने व्यवसायीलाई तीन लाख जरिवाना

    बढी मूल्य लिएर नुन बेच्ने व्यवसायीलाई तीन लाख जरिवाना

    130
    SHARES
    बढी मूल्य लिएर नुन बेच्ने व्यवसायीलाई तीन लाख जरिवाना

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा म्याद सकिएको खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन÷तीन लाख जरिवाना गरेको छ ।

     

    काठमाण्डौ महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ ।

     

    यसैबिच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि रु दुईदेखि तीन लाखसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ । रासस


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved