logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • खुम्बुमा ११ महिनामा ५५ हजार बढी पर्यटक, १३ करोड ६५ लाख ७ सय राजस्व संकलन

    खुम्बुमा ११ महिनामा ५५ हजार बढी पर्यटक, १३ करोड ६५ लाख ७ सय राजस्व संकलन

    260
    SHARES
    खुम्बुमा ११ महिनामा ५५ हजार बढी पर्यटक, १३ करोड ६५ लाख ७ सय राजस्व संकलन

    सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०-०८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

    गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् ।

    यस वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९ सय ७६ जना र सबैभन्दा कम साउनमा २ सय ८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ ।

    चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ ।

    सो अवधिमा ७ हजार ५ सय ७७ नेपाली, ६ हजार ३ सय ८ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट