logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • मौलाकाली केबलकारले गर्यो १० महिनामा ९ करोड ८० लाखको व्यापार

    मौलाकाली केबलकारले गर्यो १० महिनामा ९ करोड ८० लाखको व्यापार

    416
    SHARES
    मौलाकाली केबलकारले गर्यो १० महिनामा ९ करोड ८० लाखको व्यापार

    काठमाण्डौ। मौलाकाली केबलकार व्यापारले १० महिनामा नै करिब १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

    कम्पनीले आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ । सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान केबलकार प्रयोग हुँदै आइरहेको छ ।

    केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० कायम गरिएको छ ।

    केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि २७५ को टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिदै आइरहेको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved