logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सेयर ब्रोकर आरबीबी सेक्युरिटिजको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सुरु

    सेयर ब्रोकर आरबीबी सेक्युरिटिजको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सुरु

    182
    SHARES
    सेयर ब्रोकर आरबीबी सेक्युरिटिजको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सुरु

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार सञ्चालनमा आएको छ । सेयर ब्रोकर कम्पनी आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी आरबीबी सेक्युरिटिजले २६ असार बुधबारदेखि व्यावसायिक कारोबार सुरु गरेको हो ।

     

    २० करोड चुक्ता पूँजी सहित सीमित कारोबार गर्ने गरी इजाजत लिएको कम्पनीले धितोपत्र दलालको रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट ३२ साउन २०८० मा स्वीकृति प्राप्त गरेको थियो ।

     

    कम्पनीले ३ माघ २०८० मा नेपाल स्टक एक्सचेन्जबाट सेयर ब्रोकर ९७ नम्बरबाट कारोबार अनुमति पाएको थियो । कम्पनीलाई सीडीएस एन्ड क्लियरिङले २३ माघ २०८० मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ ।

    कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पूँजीबजार सम्बन्धी सेवाहरू प्रदान लक्ष्य लिएको जनाएको छ ।

     

    वित्तीय क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरुको सञ्चालक समितिवाट निर्देशित आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि अग्रणी कम्पनी बन्ने लक्ष्य राखेको छ । दरवारमार्गमा रहको कार्यलयबाट कम्पनीले हाल आफ्नो सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved