logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • शेयर बजार २९.२१ अंकले बढ्यो, ७ अर्ब ८ करोड माथिको कारोबार

    शेयर बजार २९.२१ अंकले बढ्यो, ७ अर्ब ८ करोड माथिको कारोबार

    130
    SHARES
    शेयर बजार २९.२१ अंकले बढ्यो, ७ अर्ब ८ करोड माथिको कारोबार

    काठमाण्डौ । आज शेयर बजार दोेहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार २९ दशलमव २१ अंकले बढेर २,२०४ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सिइडिबी हाइड्रोको शेयर कारोबार भएको छ ।

     

    आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved