logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • लक्ष्मी सनराइज क्यापिटलद्धारा सेवाग्राहीलाई हितग्राही खाता नवीकरण गर्न आग्रह

    लक्ष्मी सनराइज क्यापिटलद्धारा सेवाग्राहीलाई हितग्राही खाता नवीकरण गर्न आग्रह

    143
    SHARES
    लक्ष्मी सनराइज क्यापिटलद्धारा सेवाग्राहीलाई हितग्राही खाता नवीकरण गर्न आग्रह

    काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई हितग्राही खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

    कम्पनीले साविकको लक्ष्मी क्यापिटल मार्केट, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आर्थिक वर्ष (आव) २०८१–८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

    डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाहरूले लक्ष्मी सनराइज बैंकको खातामा वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, ई–सेवा तथा मेरो शेयरको ड्यास बोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

    तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved