logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • आगामी मौद्रिक नीति, आर्थिक र वित्तीय स्थायित्व दिनेगरी तय हुन्छः गभर्नर अधिकारी

    आगामी मौद्रिक नीति, आर्थिक र वित्तीय स्थायित्व दिनेगरी तय हुन्छः गभर्नर अधिकारी

    507
    SHARES
    आगामी मौद्रिक नीति, आर्थिक र वित्तीय स्थायित्व दिनेगरी तय हुन्छः गभर्नर अधिकारी

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् ।

    बिहीबार इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौँमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै उनले भर्नर अधिकारीले होटल, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताए । उनले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताए ।

    गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए ।

     

    उनले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए । उनले मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताए । उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरूमा सीमाभित्र रहेर काम गर्ने बताए ।

     

    उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरू हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताए ।

     

    उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए । उनले बैकिङ क्षेत्रमा सबैको सधैँ आकर्षण रहने बनाउन सक्नुपर्ने बताए । उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए ।

    गभर्नर अधिकारीले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मूलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताए ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट