logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर)

    नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर)

    208
    SHARES
    नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर)

    काठमाण्डौ । नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्।



    चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६० जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ।

    आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरे पनि अहिलेसम्म कसैको शव फेला परेको छैन। घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी बेपत्ताको उद्धार र खोजीमा खटिएका छन्।

     

    ‘दुवै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’

     

    पहिरो गएको क्षेत्रमा अहिले यातायात अवरुद्ध छ। मुग्लिन नारायणगढ सडक खण्डका आधा दर्जन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ। पहिरोले यातायात अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।

    हेर्नुहाेस् घटनास्थलका तस्बिर


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved