logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • १ करोड ४५ लाख रुपैयाँ पर्ने ‘अवतार ११’ ईभी कहिले आउँदै छ नेपाली बजारमा?

    १ करोड ४५ लाख रुपैयाँ पर्ने ‘अवतार ११’ ईभी कहिले आउँदै छ नेपाली बजारमा?

    234
    SHARES
    १ करोड ४५ लाख रुपैयाँ पर्ने ‘अवतार ११’ ईभी कहिले आउँदै छ नेपाली बजारमा?

    काठमाण्डौ । अवतार ब्रान्डको नेपाली अधिकृत बिक्रेता सीजी इभोल्युसनले नेपालमा चाँडै अवतार ११ प्रिमियम ईभी लन्च गर्ने भएको छ।



    कम्पनीले आगामी नाडा अटो शोमा उक्त गाडी सार्वजनिक गर्नलागेको हो। अवतार ११ ले ईभी प्रविधि र डिजाइनको उन्नत संस्करणलाई दर्शाउने कम्पनीको दाबी छ।

     

    यो गाडीमा तीन कम्पनीको रणनैतिक सहकार्य रहेको कम्पनीले उल्लेख गरेको छ। गाडीमा सीएटीएलको ब्याट्री, चांगन अटोमोबाइल र ह्वावेको प्रविधि जडित छ।

    यसमा उन्नत ब्याट्री प्रविधि छ। सीएटीएलसँगको साझेदारीमा विकास गरिएको ब्याट्रीले रेन्ज, प्रस्तुति र दिगोपना वृद्धि गरेको कम्पनीको दाबी छ।

     

    यसमा चांगन अटोमोबाइलको विज्ञतामा आधारित डिजाइन छ भने हुवावेका परिष्कृत कनेक्टिभिटी सल्युसन छ। स्मार्ट डिभाइसमा अनवरत जोडिने, रियलटाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट छ।

    अवतार ११ ड्राइभिङ अनुभव वा सुरक्षामा कुनै पनि कसर बाँकी नराखी वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यसाथ डिजाइन गरिएको छ। यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँसम्म पर्न सक्ने कम्पनीले जनाएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved