logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • केपी ओलि र देउवालाई माफियाले मिलाएको प्रधानमन्त्री प्रचण्डको आरोप

    केपी ओलि र देउवालाई माफियाले मिलाएको प्रधानमन्त्री प्रचण्डको आरोप

    806
    SHARES
    केपी ओलि र देउवालाई माफियाले मिलाएको प्रधानमन्त्री प्रचण्डको आरोप

    काठमाण्डौ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदका ठुला दुई दल माफियाहरुले मिलाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवालाई माफियाहरुले मिलाएका तर्क राखेका हुन् ।

     

    कांग्रेस र एमालेको नियत नै खराब रहेका कारण बन्द मध्य राति बन्द कोठामा समहति भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘आफु अल्पमतमा परेपछि संसद विघटन गरेका साथीहरुले मलाई नैतिकताको पाठ सिकाउन लागेका छन् । कर्मचारी तन्त्रलाई थर्काएर सरकार असफल बनाउने काय भयो ।

    ठुला दल मिल्नु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो । रहस्य तरिकाले वर्तमान संविधान माथि छेडछाड गर्न कायम भएको छ । यात्रा प्रतिगमन तिर हो भन्नेमा दुई मत छैन । सहमतिको तयारी कस्का लागि गरेको कस्का घरमा गरेको कुन समयमा गरेको हो । नेपाली जनताले बुझेका छन् । नियम सभा भए मध्य राति बन्द कोठामा सहमति हुँदैन थियो ।’

     

    प्रधानमन्त्री प्रचण्डले जनता अग्रसर भएन भने देश फेरी माफियाहरुको हातमा जाने उनका आरोप छ ।

     

    शुसासनको डरले संसदका ठुला दल मिलेको उनको बताए । ‘बन्द कोठा भित्र गरीएको नाटकमञ्जले देशलाई प्रतिगमन तिर लैजान उनले बताए । ‘मैले विधिको शासन लागु गर्न खोजे । कसै ब्यक्तिको मुख हेरेन । सरकारले सुशासन कायम गर्दा विभिन्न समूह डरायो’ उनले भने ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved