logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

    नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

    286
    SHARES
    नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

    काठमाण्डौ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार कम्पनीले आयोजना गरेको एक कार्यक्रमकाबीच कम्पनीले यस्तो योजना ल्याएको हो ।

    यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ । साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

     

    कार्यक्रम बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट