logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • विकास बैंकहरुको खुद मुनाफा ४ अर्ब ८३ करोड २२ लाख, मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै मुनाफा

    विकास बैंकहरुको खुद मुनाफा ४ अर्ब ८३ करोड २२ लाख, मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै मुनाफा

    13
    SHARES
    विकास बैंकहरुको खुद मुनाफा ४ अर्ब ८३ करोड २२ लाख, मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै मुनाफा

    काठमाण्डौ । चालु आर्थिक बर्षको ११ महिनामा विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब रुपैयाँ अर्थात ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । विकास बैंकहरुको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकले यस अवधिसम्मा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

    दोस्रोमा गरिमा विकास बैंक रहेको छ। यस अवधिमा बैंकले ८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

    तेस्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा ६७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

    यसैगरी महालक्ष्मीले ५५ करोड ४७ लाख रुपैयाँ, कामना सेवाले ४८ करोड ९२ लाख रुपैयाँ, लुम्बिनीले ४२ करोड ३ लाख रुपैयाँ, सांग्रिलाले ३५ करोड ३५ लाख रुपैयाँ र ज्योतिले ३० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    यस अवधिसम्मा पाँच बैंक भने घाटामा रहेको छ। एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सालपा डेभलपमेन्ट बैंकहरु घाटामा रहेका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट