logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • रिलायन्सको आईपीओमाथि सीआईबीले थाल्यो छानबिन, धितोपत्र बोर्डलाई काट्यो पत्र

    रिलायन्सको आईपीओमाथि सीआईबीले थाल्यो छानबिन, धितोपत्र बोर्डलाई काट्यो पत्र

    169
    SHARES
    रिलायन्सको आईपीओमाथि सीआईबीले थाल्यो छानबिन, धितोपत्र बोर्डलाई काट्यो पत्र

    काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणलाई निष्काशन गर्न लागेको आईपीओसँग जोडिएका बिषयमा अनुसन्धान थालेको छ। नियामकसँगको मिलोमतोमा महँगो मुल्य निर्धारण गरिएको भन्दै सीआईबीमा उजुरी परेपछि अनुसन्धान अगाडी बढेको हो।

     

    सीआईबी स्रोतकाअनुसार यहि साता बुधबार परेको उजुरीको आधारमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । ऐनको पालना गर्दै पहिलो चरणमा थप जानकारी लिनलाई धितोपत्र बोर्डलाई पत्राचार गरिएको छ। बुक बिल्डिङमा सामेल संस्थागत लगानीकर्ताको निर्णय, मूल्य तय बिधि र मुल्य , लगानीको सुरक्षालगायत विषय शंकास्पद रहेको भन्दै सीआईबीमा उजुरी परेको थियो।

     

    रिलायन्सले फर्जी कागजात पेश गरेर महँगो मुल्य निर्धारण हुनलाई सम्भव भन्ने कुरा उजुरीपत्रमा उल्लेख गरिएको बुधबार धितोपत्र बोर्डलाई सीआईबीले लेखेको पत्रमा उल्लेख छ। नेपाल धितोपत्र ऐन को संसोधित व्यवस्थाअनुसार उजुरी परेपछि अनुसन्धान अघि बढाउँनलाई धितोपत्र बोर्डको अनुमति लिनु पर्ने कानुनी व्यवस्था छ।

    यहि २६ गते बुधबार सीआईबीबाट पत्र प्राप्त भएकाले सोहि अनुसार प्रक्रिया अगाडी बढेको धितोपत्र बोर्ड स्रोतले जनाएको छ। बोर्डकाअनुसार जानकारी प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनमा नै व्यवस्था छ। बोर्ड आफैंले अध्ययन अनुसन्धान गरेर थप अनुसन्धानको आवश्यकता हुने वा नहुनेबारे सीआईबीलाई जवाफ दिनुपर्ने बोर्डका एक अधिकारीले बिजपाटीलाई बताए। रिलायन्सले बिहीबारबाट लागू हुने गरी कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको थियो । आइपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ निर्धारण गरेको थियो ।

     

    तर, संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको दोस्रो दिन धितोपत्र बोर्डले बुधबार नै कार्यबाहक अध्यक्षको निर्णयअनुसार रिलायन्सको आईपीओ निष्कासनमा रोक लगाएको थियो । रिलायन्स स्पिनिङ मिल्समा औद्योगिक घराना गोल्यान र एमएस समूहको संयुक्त लगानी रहेको छ ।


    अर्थ चौतारी
  • शनिबार, ३० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved