logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • सिमलताल पहिरोमा बगेका बसका पाँचजनाको शव भेटियो

    सिमलताल पहिरोमा बगेका बसका पाँचजनाको शव भेटियो

    520
    SHARES
    सिमलताल पहिरोमा बगेका बसका पाँचजनाको शव भेटियो

    चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

    काठमाण्डौबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाण्डौतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

    गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाण्डौतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । रासस


    अर्थ चौतारी
  • आइतबार, ३१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved