logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य नियुक्त

    मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य नियुक्त

    195
    SHARES
    मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य नियुक्त

    काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ ।



    कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई सीईओको जिम्मेवारी दिएको हो ।

     

    यसैगरी, सोही बैठकले नायव प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप जिम्वेवारी दिने निर्णय गरेको छ ।गत बिहीबारदेखि मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो । एकीकृत वित्तीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए ।

     

    यस्तै मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । असार २८ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष शर्माको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

    निर्णय अनुसार सञ्चालकमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौतम र बिमला योगी सर्वसम्मत रुपले चयन भएको कम्पनी सचिवले सजल खड्काले जाकारी दिए ।

     

    साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भई मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका छन् । मर्जरपछि कम्पनीकोे चुक्तापूँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।


    अर्थ चौतारी
  • आइतबार, ३१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved