logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्सको नाफामा प्रतिस्पर्धा, घाटामै देखिए ८ कम्पनी

    मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्सको नाफामा प्रतिस्पर्धा, घाटामै देखिए ८ कम्पनी

    195
    SHARES
    मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्सको नाफामा प्रतिस्पर्धा, घाटामै देखिए ८ कम्पनी

    काठमाण्डौ । समग्रमा फाइनान्स कम्पनीहरुले ६५ करोड घाटामा देखिएका छन् । तर, मञ्जुश्री फाइनान्स एक्लैले २५ करोड बढी नाफा कमाएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा मञ्जुश्रीले २५ करोड ५३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार हाल संचालनमा रहेका १७ वटा फाइनान्सले समग्रमा ६५ करोड ३५ लाख ७० हजार रुपैयाँ घाटा व्यहोरेका छन् । तीमध्ये ९ वटाको नाफमा मात्रै धनात्मक छ । तर, आठ वटाले भने नोक्सानी व्यहोरेका छन् । बढ्दो खराब कर्जाका कारण पनि कम्पनीहरुको वित्तीय सूचकमा खास सुधार आउन सकेको छैन ।समिक्षा अवधिमा सर्वाधिक नाफा मञ्जुश्रीले कमाएको छ । नाफाकै आधारमा दोस्रो सूचीमा रहेको आइसीएफसी फाइनान्सले ७ करोड १२ लाख रुपैयाँ कमाएको छ ।

    यस्तै, गोर्खाज फाइनान्सले ६ करोड ९२ लाख ५० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यता, श्रीइन्भेष्टमेन्टले ४ करोड ९४ करोड ५० हजार, गुडविल फाइनान्सले ३ करोड ६२ लाख, मल्टीपर्पसले २ करोड ७० लाख १० हजार, नेपाल सेयर मार्केट एण्ड फाइनान्सले १ करोड ९९ लाख ८० हजार, क्यापिटल मर्चेन्ट बैंकिङले १ करोड ५३ लाख १० हजार र नेपाल फाइनान्सले २७ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् । यी बाहेकका अन्य सबै फाइनान्स कम्पनी घाटामा छन् ।

    राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै घाटा समृद्धि फाइनान्सले व्यहोरेको छ । चालु आवको ११ महिनामा कम्पनी १७ करोड ७६ लाख रुपैयाँ घाटामा देखिएको हो । यस्तै, पोखरा फाइनान्स पनि १४ करोड ७ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ ११ करोड ९५ लाख रुपैयाँ घाटामा छन् ।

    यता, जानकी फाइनान्सले पनि ११ महिनामा ८ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै, समिक्षा अवधिमा प्रोग्रेसिभ फाइनान्सले ६ करोड ५२ लाख, सेन्ट्रल फाइनान्सले ६ करोड ३२ लाख,रिलायन्सले १७ लाख र बेष्ट फाइनान्स ६ लाख रुपैयाँ घाटामा छन् ।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट