logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    702
    SHARES
    सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    काठमाण्डौ । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।



    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.८० प्रतिशत थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि असारमा बैंकको आधारदर ८.१९ प्रतिशत रहेकोमा साउनमा घटेर ८.०६ प्रतिशत तोकेको छ । तीन महिनाको औसत आधारदर यसअघि ८.४१ प्रतिशत रहेकोमा ८.२० प्रतिशत झरेको छ ।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved