logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

    प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

    702
    SHARES
    प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।



     

    ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री बनेका थिए । सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैछन् ।

     

    कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास मन्त्रालयको नेतृत्वमा गएका छन् । कांग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बनेका छन् ।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved