काठमाण्डौ । नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरूले काम गर्ने बताएका छन् ।
सोमवार शीतल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनले प्रतिबद्धता व्यक्त गरेका हुन् । जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरूलाई राहत दिने कुरामा जोड दिएर अघि बढ्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो ।
उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताए । उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक सहर बनाउने काममा पनि आफू लाग्ने बताए ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times