logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

    ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

    455
    SHARES
    ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

    काठमाण्डौ । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ। सुचना प्रविधिका प्रतिभाहरुको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरीएको हो। ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको प्रतियोगितामा आवेदन दिएका ३ विद्यार्थी मध्येबाट ३० जनालाई छनोट गरीएको थियो।

    प्रतिष्ठित ब्यक्तिहरु सम्मेलित निर्णयक मण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ। स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मेलित समुहले विद्यार्थीहरुको ज्ञान र क्षमताको मुल्यांकन गरेका थिए।

    विद्यार्थीहरुलाई नेतृत्व क्षमता, शैक्षिक तिक्ष्णता, सञ्चार कौशल, समुहगत सहकार्य, समय अनुकुल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मुल्यांकन गरीएको थियो। हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो ।

    शिर्ष स्थानमा रहन सफल विद्यार्थीहरु आशिष कार्की, एनजीलिना घिमिरे , प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरुले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । जुन वि.स २०८१ को भाद्र महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुने आयोजकले जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, १ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved