logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • शेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

    शेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

    221
    SHARES
    शेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

    काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आफूले शेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



    धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा आज अर्थ मन्त्रालय पुगेको ब्रोकरको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘पुँजीबजारप्रति म सकारात्मक छु’, ब्रोकरसँगको भेटमा उनले भने, ‘यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्नेछु।’

    भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए। एसोसिएसनका अध्यक्ष ढकालले अर्थमन्त्री पौडेलबाट पुँजीबजारको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा व्यक्त गरेका थिए।


    अर्थ चौतारी
  • मंगलबार, १ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved