logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • ७८ हजार मेट्रिक टन मल मौज्दात

    ७८ हजार मेट्रिक टन मल मौज्दात

    130
    SHARES
    ७८ हजार मेट्रिक टन मल मौज्दात

    काठमाण्डौ । ७८ हजार मेट्रिक टन मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरण अनुसार ७८ हजार ४२९ मेट्रिक टन मल मौज्दात रहेको हो ।

    सोमध्ये युरिया ३७ हजार ८१० मेट्रिक टन, डीएपी ३१ हजार ९१७ मेट्रिक टन र पोटास ८ हजार ७०१ मेट्रिक टन मल रहेको छ । सरकारसँग मौज्दात रहेको मलमध्ये कृषि सामाग्री कम्पनीसँग ४७ हजार ६६७ र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३० हजार ७६१ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    देशभर १३ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफल अर्थात ६८ प्रतिशत रोपाई भइसकेको छ । किसानले हालसम्म मलकाे अभाव झेल्नु परेको छैन ।


    अर्थ चौतारी
  • मंगलबार, १ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved