logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • माहेश्वरी महिला मञ्चको अध्यक्षमा जाजू निर्वाचित

    माहेश्वरी महिला मञ्चको अध्यक्षमा जाजू निर्वाचित

    286
    SHARES
    माहेश्वरी महिला मञ्चको अध्यक्षमा जाजू निर्वाचित

    काठमाण्डौ । माहेश्वरी महिला मञ्चको अध्यक्षमा ललिता जाजू निर्वाचित भएकी छन् । मारवाडी समुदाय अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरको साधारण सभाले ललिता जाजूकाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।



    मञ्चको आइतबार आयोजित साधारण सभाले जाजूका अध्यक्षतामा सर्वसम्मतिले कार्यसमितिको छनोट गरेको हो । जाजू यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिइन् । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः अनामिका परतानी र शीतल बाहेतीलाई चुनेको छ ।

    त्यस्तै सचिवमा कल्पना राठी, सहसचिवमा अर्चना तापडिया र कोषाध्यक्षमा ललिता राठी चुनिएका छन् । त्यसैगरी महिला सशक्तीकरण सचिवमा पूनम राठी, स्वास्थ्य सचिवमा प्रीति अटल, सांस्कृतिक सचिवमा लीला काबरा, सांस्कृतिक सहसचिवमा सन्जु बाहेती र शिक्षा सचिवमा पूजा सोमानी छन् । कार्यकारी सदस्यमा विन्दु अटल, प्रीति राठी, चन्दा तापडिया, एकता तापडिया, सरिता राठी, पूजा राठी,पुजा सादानी, मोनाली काबरा र स्नेहा लखौटिया छन् ।


    अर्थ चौतारी
  • मंगलबार, १ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved