logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेशनल लाइफको प्रथम बीमाशुल्क रू ५ अर्ब ५ करोड रूपैयाँ आर्जन

    नेशनल लाइफको प्रथम बीमाशुल्क रू ५ अर्ब ५ करोड रूपैयाँ आर्जन

    481
    SHARES
    नेशनल लाइफको प्रथम बीमाशुल्क रू ५ अर्ब ५ करोड रूपैयाँ आर्जन

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले एउटै आर्थिक वर्षभित्र पहिलो पटक ५ अर्ब रूपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्दै इतिहास रचेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा नयाँ बीमालेखको बिक्रीबाट प्रथम् बीमाशुल्कवापत ५ अर्ब ५ करोड रूपैयाँ आम्दानी गर्न सफल भएको हो ।



    अघिल्लो आव २०७९।८० मा नेशनल लाइफले प्रथम् बीमाशुल्कवापत कुल ३ अर्ब ८७ करोड २१ लाख रूपैयाँ संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत प्रथम बीमाशुल्क आम्दानीमा ३० प्रतिशतको उल्लेख्य वृद्धि दर्ज गरेको छ।

    इन्स्योरेन्सले गत आवमा कुल १९ अर्ब २० करोड रूपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सका अनुसार नविकरण बीमाशुल्कवापत १४ अर्ब १४ रूपैयाँ संकलन भएको छ।अघिल्लो आव २०७९।८० मा यो कम्पनीले बीमितबाट १६ अर्ब ४१ करोड ६९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

    आर्थिक गतिविधिमा संकुचन आएको समयमा समेत ऐतिहासिक सफलता प्राप्त गर्न संभव बनाएकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारी तथा कम्पनीमा विश्वास राख्दै आएका बीमितहरू प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले हार्दिक आभार प्रकट गरेका छन् ।


    अर्थ चौतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved