logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाण्डौ टू अपरमुस्ताङ कोरोला’

    एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाण्डौ टू अपरमुस्ताङ कोरोला’

    169
    SHARES
    एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाण्डौ टू अपरमुस्ताङ कोरोला’

    काठमाण्डौ । प्रतिष्ठित एमजी ब्राण्डको विद्युतीय गाडीले ४६६० मिटरको उचाइ सहजै पार गरेको छ । एमजीको लोकप्रिय मोडल एमजी४ ईभीले काठमाडौंदेखि अपरमुस्ताङको कोरोला नाकासम्मको सहज यात्रा हालैमात्र पुरा गरेको हो । जुन उचाइ समुद्र सतहदेखि ४,६६० मीटर रहेको छ।

    ४६ सय मिटरमाथिको उचाइ सहजै पार गर्नु एमजीको सशक्त र मजबुद पक्ष रहेको एमजी मोर्टस्ले जनाएको छ । यात्रामा सहभागि धिरेन मान श्रेष्ठले एमजी ४ भईभीको यहीँ मजबुद पक्षले ग्राहकको विश्वास थप बढेको बताएका छन् । गाडीको असाधारण शक्ति, क्षमताकै कारण उच्च मुस्ताङको कठिन अफ–रोडमा पनि सहज यात्रा सफल भएको उनको भनाइ छ ।

    WhatsApp Image 2024-07-16 at 1.37.20 PM

    गाडीमा उपलब्ध ५–लिङ्क स्वतन्त्र सस्पेन्सन, रियर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीको साथमा उच्च क्षमताको ब्याट्री, अटोब्रेकिङ सिस्टम लगायत सुविधाले गाडीलाई विशेष बनाएको उनको अनुभव छ । एमजी मोटर्स नेपालले यस यात्राले थप कम्पनी र ईभीप्रति विश्वास बढाएको जनाएको छ । उसो त काठमाण्डौ देखि अपर मुस्ताङसम्मको यात्रा गर्नु अघि श्रेष्ठले हेटौडा–काठमाण्डौ र कालिनचोकसम्मको एमजी४ ईभी यात्रा सफलतापूर्वक पुरा गरिसकेका छन् ।

    WhatsApp Image 2024-07-16 at 1.37.22 PM
    सन् २०२२ मा मात्र सार्वजनिक भएको एमजी४ ईभीले सन् २०२४ मा ‘ओभरल टप कार आफ २०२४’ बेस्ट भ्यालु ईलेक्ट्रिक कार २०२३, कार अफ दी एयर २०२३, बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२ र बारजियन अफ दी एयर टप गेयर अवार्ड २०२२ जितिसकेको छ ।

    WhatsApp Image 2024-07-16 at 1.37.21 PM


    अर्थ चौतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved