logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली

    निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली

    169
    SHARES
    निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली

    काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । निजी क्षेत्र विना अर्थतन्त्र सुधार हुन नसक्ने वताउदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।



    मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् ।

     

    महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताए । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।


    अर्थ चौतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved