logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • सुनील पौडेलविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर, तेब्बर जरिवाना मागदाबी

    सुनील पौडेलविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर, तेब्बर जरिवाना मागदाबी

    0
    SHARES
    सुनील पौडेलविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर, तेब्बर जरिवाना मागदाबी

    काठमाण्डौ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौको शान्तिनगर बस्ने सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

     

    विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो ।

    पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेकोले अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने सतहत्तर लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।यस्तै सोही सोही ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर अर्थात दुई करोड बत्तीस लाख सैँतीस हजार सात सय रुपैयाँ जरिवाना मागदावी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनिल पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट