logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    195
    SHARES
    सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।

    सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए ।

    सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


    अर्थ चौतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved