logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • आइएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी’ रेटिङ

    आइएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी’ रेटिङ

    247
    SHARES
    आइएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी’ रेटिङ

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ। उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।

    आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको लागि आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत उक्त रेटिङले थप पुष्टि गरेको कम्पनीले बताएको छ।

    कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजानेमा प्रतिबद्धता जनाएको छ। हाल कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

    कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरू आवद्ध छन्। कम्पनीमा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप लगायतका व्यवसायिक समूहहरूको लगानी रहेको बताइएको छ।


    अर्थ चौतारी
  • बिहिबार, ३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट