logo

२०८२ बैशाख ६ शुक्रबार

logo
  • शुक्रबार, ६ बैशाख २०८२
  • माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

    माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

    195
    SHARES
    माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधासँगै सञ्चालनमा ल्याएको छ।

    आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देशविदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरु भन्दा बिल्कुलै भिन्न देखिन्छ।

    एइक्मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्य सम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापितमा माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाईन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो।

    नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यास व्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै रु.५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ।

     

    नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यास व्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक सञ्जालमार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने बैंकले जनाएका छ। नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नविनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट,तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved